बिएल संवाददाता
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा आरोपमा पक्राउ परी अदालतले तोकेको धरौटी तिर्न नसकेर जेल चलान भएका रास्वपा नेता महानन्द जोशी रिहा भएका छन्।
जिल्ला अदालतले तोकेको एक लाख धरौटी तिरेर आइतबार उनी रिहा भएका हुन्। सो प्रकरणमा जैसीसहित पक्राउ परेका तीनजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा प्रहरीले ज्यान मार्ने उद्योग अभियोगमा मुद्दा दायर गरेको थियो।
अन्य दुई जना धरौटी बुझाएर छुटेपनि महानन्द भने धरौटी तिर्न नसक्दा सुन्धारास्थित जगन्नाथ देवल कारागारमा थुनामा पुगेका थिए।
कसले तिरिदियो धरौटी?
धरौटी तिर्न नसकेर आफ्ना नेता जेल चलान भएपछि रास्वपा नेतृ ज्वाला संग्रौलाले सहयोग अभियान चलाएकी थिइन्। अभियान चलाएको एक घण्टामै रकम जुटेको उनले बताइन्।
शनिबार बिदाको दिन परेकोले आइतबार जैशीको रिहाइका लागि आइतबार संग्रौलाको टोली धरौटी बुझाउँन जिल्ला अदालत काठमाडौं पुगेको थियो।
धरौटी तिरेपछि उनी रिहा भएका हुन्। रिहा भएपछि जैशीले आफू आक्रमणमा संलग्न नभएको दोहोर्याएका छन्। उनले एक महिना अगाडि आफूले माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध अभियान चलाएको र सोही अभियानको प्रतिसोधमा आफूलाई तनाव दिने काम भएको दाबी गरेका छन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया