बिएल संवाददाता
सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवर्द्धन, वातावरणीय कानुन निर्माण तथा हरेक बजेट परियोजनाका कार्यहरू संसदमार्फत अगाडि बढिरहेको बताएका छन्।
आइतबार काठमाडौंमा कोकाकोला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूको सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्य अपरिहार्य रहेको बताए।
उनले भने, ‘जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य छ। विशेषगरी जीवनयापन संकट भोगिरहेका समुदायलाई सहयोग पुर्याउने तथा वातावरणीय क्षति न्यून गर्नका लागि योजनावद्ध प्रयास गर्न आवश्यक छ। नविकरणीय उर्जाको प्रवर्द्धन, वातावरणीय कानुन निर्माण तथा हरेक बजेट परियोजनाका कार्यहरू बजेट संसदमार्फत अगाडि बढिरहेका छन्।’
त्यस्तै उनले नेपालले आफैंले नगरेको अपराधको सजायका रुपमा जलवायु परिवर्तनको समस्या भोगिरहेको बताए। विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्याधिक मात्रामा गरेको कार्बनको उत्सर्जनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको उनको भनाई छ।
उनले भने, ‘नेपालले आफैंले नगरेको अपराधको सजाय अहिले भोगिरहेको अवस्था छ। विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्याधिक मात्रामा गरेको कार्बनको उत्सर्जनको प्रत्यक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको छ। बढ्दो कार्बन उत्सर्जनको कारण पृथ्वीको तापक्रम वृद्धिले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको छ।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया