बिएल संवाददाता
नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा नेपाली समाजले आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन्।
शनिबार माओवादी केन्द्र तानसेन नगर समिति, पाल्पाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले केहीपनि नभएको भन्ने नभए पनि निश्चित रुपमा प्रगती भएपनि जति हुनुपर्ने त्यति नभएको बताए।
उनले भने, ‘सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा, विकास र समृद्धिको क्षेत्रमा, जति फड्को मार्नुपर्ने हो त्यति नेपाली समाजले मार्न सकेको छैन्। केही पनि भएको छैन् भन्ने होईन, निश्चित रुपमा प्रगती भएका छन्, सुधार भएका छन्। तर यति धेरै राजनीतिक परिवर्तन भयो, हजारौं सहिदको बलिदानको मूल्यमा र जनताको यति ठूलो संघर्षको परिणाम स्वरुप ठूलो राजनीतिक परिवर्तन भयो, राजनीतिक परिवर्तनले दिएको अधिकारहरु उपभोग गर्न त पायौं, तर जति हुनुपर्ने भएको छैन।’
यसको साथै, उनले देश र जनताको पक्षमा काम गर्न, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउन र समाजवादको आधार तयार पार्न सरकार र सदनमा भूमिका खेल्ने बताए।
उनले भने, ‘हामी सरकारमा जान चाहन्छौं, देश र जनताको पक्षमा काम गर्न, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउन र समाजवादको आधार तयार पार्न र हामी सदनमा पनि यसैको लागि भूमिका खेल्न चाहन्छौं। हामी सबै ठाँउमा देश र जनताको पक्षमा काम गर्नको लागि जान चाहन्छौं। जनतासँगै जोडिएर जागरण अभियान, जनदबाब र जनसंघर्ष पनि अगाडि बढाउन चाहन्छौ।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया