बिएल संवाददाता
नेकपा एमाले जिल्ला कमिटी दाङको बैठक घोराहीमा सम्पन्न भएको छ। बैठकले फागुन ५ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थितिमा हुने जनसभामा ५० हजार बढी जनसहभागिता गराउने संकल्प गरेको छ।
बैठकले घोराहीमा हुने विशाल जनसभा व्यवस्थित बनाउन जिल्ला अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा १७६ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ।
त्यस्तै जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको संयोजकत्वमा जनपरिचालन उपसमिति, जिल्ला सचिव श्याम डाँगीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, सचिवालय सदस्य सुदन केसीको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति, प्रचार विभाग प्रमुख संगित बस्यालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ।
बैठकले जनसभामा दाङका १० वटै पालिका र १०० वटै वडा कमिटी तथा सबै जनवर्गीय संगठनहरूलाई झाँकी जुलुस र पोसाकसहित सहभागिता जनाउन निर्देशन दिएको छ। माघ २५ गते १० वटै पालिका कमिटीको बैठक बस्ने, २६ गते क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठक बस्ने र २७ गते प्रदेश सभा समन्यव कमिटीको बैठक बसेर फागुन ५ गतेको जनसभालाई थप व्यवस्थित बनाउने समेत बैठकले निर्णय गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया