बिएल संवाददाता
नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सामाजिक सञ्जालसम्बन्धि विधेयक प्रतिबन्धका लागि नभइ नियमनका लागि ल्याइएको दाबी गरेका छन्।
बुधबार अनलाइन टीभी पत्रकार संघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भट्टराईले भने, ‘दण्ड सजायको उद्देश्य होइन, स्वनियमनको उद्देश्य हो, कानुनमा दण्डसजायको पनि व्यवस्था हुन्छ, दण्डसजाय बढी भएको रहेछ भने त्यसलाई घटाउन पनि मिल्छ।’
उनले सामाजिक सञ्जाल चलाउनेहरू स्वनियमनमा नबसे सरकारले नियन्त्रण गर्नुपर्ने अवस्था सिर्जना हुने बताए। सामाजिक सञ्जालमा कसैको मानहानी/क्षती पुर्याए त्यसको क्षतिपूर्ति पाउनुपर्ने उनले बताए।
सामाजिक सञ्जालबाट समाजलाई भड्काउने र राष्ट्रियतालाई धरापमा पर्ने अधिकार कसैलाई नभएको भट्टराईले बताए। सामाजिक सञ्जाल व्यवस्थापन गर्ने विधेयक आवश्यकता भएर नै सरकारले ल्याएको उनको दाबी थियो।
‘त्यो आवश्यकता थियो, ल्याउनु पर्ने थियो, ल्याइयो, अब सबै मिलेर यसलाई समृद्ध बनाउने काममा लागौँ,’ उनले भने।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया