बिएल संवाददाता
सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एकाबिहानै चितवन पुगेका छन्।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी आज अदालतमा उपस्थित भएका हुन्।
पूर्वगृहमन्त्री लामिछाने १० नबज्दै अदालतमा हाजिर भएको एक अधिकारी जनाएका छन्।
सहकारी संस्थाको रकम अपचलनको मुद्दामा गोर्खा मिडियाका सञ्चालक जिबी राई, छविलाल जोशी र कुमार रम्तेलसहित १२ जनालाई ठगीसहित ‘संगठित अपराध’को मुद्दा दर्ता भएको छ।
त्यस्तै, सरकारी वकिल शान्तिप्रसाद लुइँटेलले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २० जनालाई ठगीको मात्र मुद्दा दर्ता गरेका छन्।
लामिछानेको सन्दर्भमा आज बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन्।
प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणअन्तर्गत मुद्दा चलाउन दिएको राय उल्टाएर उनले लामिछानेको हकमा मात्रै केस कमजोर बनाउन खोजेको आरोप छ।
स्रोतकाअनुसार लामिछानेलाई उन्मुक्ति दिन खाेज्ने सरकारी वकिललाई रातारात सरुवा गरिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया