
बिएल संवाददाता
संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ।
जसअनुसार आज कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ।
बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा छलफल हुनेछ। छलफलमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागहरुको उपस्थिति रहने छ।
यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ। बैठक सिंहदरबारमा दिनको साढे १२ बजे लागेको हो । बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ।
यस्तै आज पनि विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ। सिंहदरवारमा दिनको १ बजे बस्ने बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ।
यसैगरी आजै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्दैछ। दिनको १ बजे बस्ने भनिएको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणा प्रस्तुत गरिनेछ।
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया