बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार काठमाडौंमा आयोजित युवाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा सहभागी भए। प्रधानमन्त्रीले युवाहरूसँग रमाइला कुराकानी गर्दै सरकारले गरेका राम्रा काम र भावी योजनाहरूबारे चर्चा गरे।
यस्तैमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीले गणितको सुत्र सोधेपछि माहोल नै परिवर्तन भयो। ती विद्यार्थीले ‘ए प्लस बी’को होल स्क्वायरको सुत्र सोधेपछि प्रधानमन्त्री नै छक्क परे। तर, उनले विद्यार्थीको प्रश्नको उत्तर सहजै दिए पनि।
विद्यार्थीले प्रधानमन्त्रीलाई सोधेका थिए, ‘प्रधानमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ- मलाई गणित विषयको फर्मुलाले कहिलेकाहीँ त टेन्सन नै दिन्छ। तपाईँलाई थाहा छ ‘ए प्लस बी’को होल स्क्वायरको फर्मुला के होला?’
विद्यार्थीको प्रश्नको उत्तर दिँदै ओलीले भने, ‘ए स्क्वायर प्लस टु एबी प्लस बी स्क्वायर हो? यस्तै लाग्छ, तर धेरै पुरानो कुरा सम्झिन गाह्रो।’
प्रधानमन्त्रीले फर्मुला मिलाएपछि विद्यार्थीले तालिले स्वागत गरेका थिए। ओलीले यस्ता सबै सूत्रहरू मान्छेले नै बनाएकाले सबैभन्दा सजिलो सूत्रबाट जिन्दगीलाई सहज बनाउन जान्नु पर्ने बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया