बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार काठमाडौंमा आयोजित युवाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा सहभागी भए। प्रधानमन्त्रीले युवाहरूसँग रमाइला कुराकानी गर्दै सरकारले गरेका राम्रा काम र भावी योजनाहरूबारे चर्चा गरे।
यस्तैमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीले गणितको सुत्र सोधेपछि माहोल नै परिवर्तन भयो। ती विद्यार्थीले ‘ए प्लस बी’को होल स्क्वायरको सुत्र सोधेपछि प्रधानमन्त्री नै छक्क परे। तर, उनले विद्यार्थीको प्रश्नको उत्तर सहजै दिए पनि।
विद्यार्थीले प्रधानमन्त्रीलाई सोधेका थिए, ‘प्रधानमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ- मलाई गणित विषयको फर्मुलाले कहिलेकाहीँ त टेन्सन नै दिन्छ। तपाईँलाई थाहा छ ‘ए प्लस बी’को होल स्क्वायरको फर्मुला के होला?’
विद्यार्थीको प्रश्नको उत्तर दिँदै ओलीले भने, ‘ए स्क्वायर प्लस टु एबी प्लस बी स्क्वायर हो? यस्तै लाग्छ, तर धेरै पुरानो कुरा सम्झिन गाह्रो।’
प्रधानमन्त्रीले फर्मुला मिलाएपछि विद्यार्थीले तालिले स्वागत गरेका थिए। ओलीले यस्ता सबै सूत्रहरू मान्छेले नै बनाएकाले सबैभन्दा सजिलो सूत्रबाट जिन्दगीलाई सहज बनाउन जान्नु पर्ने बताए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया