बिएल संवाददाता
प्रधानमन्त्री केपी ओलीले युवाहरूलाई गलत सङ्गतले जीवन नै बर्बाद हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका छन्।
सोमबार राजधानीमा युवासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै गलत संगतले जिन्दगी बर्बाद हुने बताए।
उनले भने, ‘राम्रोको सङ्गत गर्नुभयो भने सक्षम र सफल व्यक्ति बन्न सक्नुहुन्छ। नराम्रोको सङ्गत गर्नुभयो भने निराशामा फस्ने, इर्स्यालु बन्ने सम्भावना हुन्छ। यसले जिन्दगी बर्बाद बनाउँछ।’
उनले मौरी र झिंगाको उदाहरण दिँदै मौरीको संगल गरे फूलमा पुगिने तर झिंगाको संगतले फोहोरमा पुर्याउँने र अनेक प्रकारका रोग निम्त्याउँने बताए। उनले अरुको लहैलहैमा लागेर निर्णय लिनुभन्दा आफैंले बुझेर निर्णय लिँदा सफल भइने बताए।
उनले भने, ‘मौरीको साथ लाग्नुभयो भने फूलमा पुगिन्छ। झिंगाको साथ लाग्नुभयो भने फोहोरमा पुग्नुहुन्छ। मौरीले मह जस्तो औषधी दिन्छ। तर झिँगाको साथ लाग्नुभयो भने अनेक प्रकारका रोग निम्तन्छ। त्यसैले सचेत रहेर काम गर्नोस्।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया