बिएल संवाददाता
संघीय संसद्को ‘हिउँदे अधिवेशन’को पहिलो बैठक बस्दै थियो- शुक्रबार दिउँसो। सबै दलका, सबै सांसदहरूलाई लागिरहेको थियो- ‘रमाइलो हुनेवाला छ आज सदनमा।’ तर, त्यतिखेर एमाले वृत्तमा एउटा नामको व्यापक खोजी भइरहेको थियो।
संसद् बैठक बस्नुअघि एमाले प्रमुख सचेतक महेश बर्तौलाले अन्य सांसदहरूलाई भनिरहेका थिए, ‘हिजोदेखि सचेतकज्यूको फोन स्वीच अफ छ। कहाँ जानुभयो होला? दललाई जानकारी पनि छैन? किन यस्तो गरेको होला!’
प्रमुख सचेतक बर्तौला र एमालेका महिला सांसदहरूले खोजिरहेको एउटै नाम थियो- सुनिता बराल। उनी एमालेको सांसद मात्रै होइनन्, संचेतक पनि हुन्।
प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रमुख सचेतक र सचेतकबीच छलफल गर्ने प्रचलन छ। तर, हिउँदे अधिवेशनको पहिलो बैठकमै एमाले सचेतक बरालसँग सम्पर्क नभएपछि संसद् भवन परिसरमा सोध्दै-खोज्दै हिँडिरहेका थिए प्रमुख सचेतक बर्तौला।
एमाले स्रोतका अनुसार सचेतक बरालको फोन बुधबारदेखि ‘अफ’ छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गरेको ‘शुक्रबारको बैठकमा सचेतक अनुपस्थिति’ भएपछि प्रमुख सचेतक बर्तौला-एमालेका सांसदहरूले अचम्म मानेका छन्।
सचेतक बरालको अनुपस्थितिबारे बुझ्दा प्रमुख सचेतक बर्तौलाले अवविज्ञता प्रकट गरेका छन्। उनले ‘आफूलाई पत्तो नभएको र संसदीय दललाई पनि जानकारी नदिएको’ जवाफ फर्काएका छन्। एमाले सांसदहरूको अनिवार्य उपस्थितिका निम्ति उर्दी लगाउनुपर्ने सचेतक नै शीर्ष नेतृत्वसँग बेखबर भएपछि एमालेवृत्तमा बरालको चर्को आलोचना भइरहेको छ।
रोचक कुरा के छ भने- एमालेका नेताहरूले सचेतक सुनितालाई झापादेखि काठमाडौंसम्म खोजिरहेका छन्। तर, उनीनिकट स्रोत भन्छ- सुनिता नेपालमा छैनन्। उनी गएको माघ १७ गते बेलुकी ६ बजेतिर उनी कतार एअरको उडानबाट दोहा हुँदै अफ्रिकी मुलुक मालावी पुगेकी छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया