बिएल संवाददाता
संघीय संसद्को ‘हिउँदे अधिवेशन’को पहिलो बैठक बस्दै थियो- शुक्रबार दिउँसो। सबै दलका, सबै सांसदहरूलाई लागिरहेको थियो- ‘रमाइलो हुनेवाला छ आज सदनमा।’ तर, त्यतिखेर एमाले वृत्तमा एउटा नामको व्यापक खोजी भइरहेको थियो।
संसद् बैठक बस्नुअघि एमाले प्रमुख सचेतक महेश बर्तौलाले अन्य सांसदहरूलाई भनिरहेका थिए, ‘हिजोदेखि सचेतकज्यूको फोन स्वीच अफ छ। कहाँ जानुभयो होला? दललाई जानकारी पनि छैन? किन यस्तो गरेको होला!’
प्रमुख सचेतक बर्तौला र एमालेका महिला सांसदहरूले खोजिरहेको एउटै नाम थियो- सुनिता बराल। उनी एमालेको सांसद मात्रै होइनन्, संचेतक पनि हुन्।
प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रमुख सचेतक र सचेतकबीच छलफल गर्ने प्रचलन छ। तर, हिउँदे अधिवेशनको पहिलो बैठकमै एमाले सचेतक बरालसँग सम्पर्क नभएपछि संसद् भवन परिसरमा सोध्दै-खोज्दै हिँडिरहेका थिए प्रमुख सचेतक बर्तौला।
एमाले स्रोतका अनुसार सचेतक बरालको फोन बुधबारदेखि ‘अफ’ छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गरेको ‘शुक्रबारको बैठकमा सचेतक अनुपस्थिति’ भएपछि प्रमुख सचेतक बर्तौला-एमालेका सांसदहरूले अचम्म मानेका छन्।
सचेतक बरालको अनुपस्थितिबारे बुझ्दा प्रमुख सचेतक बर्तौलाले अवविज्ञता प्रकट गरेका छन्। उनले ‘आफूलाई पत्तो नभएको र संसदीय दललाई पनि जानकारी नदिएको’ जवाफ फर्काएका छन्। एमाले सांसदहरूको अनिवार्य उपस्थितिका निम्ति उर्दी लगाउनुपर्ने सचेतक नै शीर्ष नेतृत्वसँग बेखबर भएपछि एमालेवृत्तमा बरालको चर्को आलोचना भइरहेको छ।
रोचक कुरा के छ भने- एमालेका नेताहरूले सचेतक सुनितालाई झापादेखि काठमाडौंसम्म खोजिरहेका छन्। तर, उनीनिकट स्रोत भन्छ- सुनिता नेपालमा छैनन्। उनी गएको माघ १७ गते बेलुकी ६ बजेतिर उनी कतार एअरको उडानबाट दोहा हुँदै अफ्रिकी मुलुक मालावी पुगेकी छन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया