बिएल संवाददाता
महोत्तरीको जलेश्वर कारागारमा एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा छन्।
महराले राती १२ बजेतिर आफूलाई पेट दुखेको जानकारी गराएका थिए। कारागारमै रहेको चिकित्सकले उनले अस्पताल लैजान सुझाव दिएपछि महरालाई जलेश्वर अस्पताल लगिएको थियो।
अस्पतालमा उनको २ बजे मृत्यु भएको जलेश्वर कारागारका सूचना अधिकारी रबिन ठाकुरले जानकारी दिए। उनले महराको परिवारजन अस्पताल आइसकेको र मुचुल्का गरी पोस्टमार्टमको तयारी भइरहेको जानकारी दिए। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने सूचना अधिकारी ठाकुरले जानकारी दिए।
मृतक महरा आगजनी घटनामा दोषी ठहर भएका थिए। उनलाई प्रहरीले २०८० जेठ २८ गते प्रकाउ गरेको थियो। यसैगरी महरा २०८० साउन १६ गतेदेखि सजाय भुत्तान गर्न कारागार चलान भएका थिए। उनी २०८३ असार २७ गते कैद मुक्त हुँदै थिए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया