बिएल संवाददाता
ताप्लेजुङस्थित पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा पूर्वका जिल्लामा बन्दको आह्वान गरिएको छ।
मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माघ २० र २१ गते आह्वान गरेको बन्दको प्रभाव सोमबारबाट देखिएको छ। समितिले पूर्वका नौ जिल्लामा दुई दिने यातायात बन्दको आह्वान गरेको छ।
झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा बन्द आह्वान गरिएको थियो। तर, ताप्लेजुङबाहेक अन्य जिल्लामा बन्दको खासै प्रभाव नरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
केही स्थानमा बन्दकर्ताहरू सडकमा उत्रिएका कारण राजमार्गमा ठूला र यात्रुवाहक सवारी साधनहरू चलेका छैनन्। प्रहरीले बन्दकर्तालाई हटाउने वा नियन्त्रणमा लिएर राजमार्ग खुलाउने प्रयास गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
नो-केबलकार संघर्ष समितिले केबलकार निर्माण रोक्नुपर्ने सहित पक्राउ परेका कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया