बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका ‘निलम्बित सांसद’ रवि लामिछाने र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
उनीहरूबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमै केहीबेर कुराकानी भएको बताइएको छ।
रास्वपा स्रोतकाअनुसार संसद्को हिउँदे अधिवेशन चल्नुअघि नेता लामिछानेले सभामुख घिमिरेलाई भेटेर ‘सांसद पद निलम्बन फुकुवाको निवेदन–पत्र’ थमाएका छन्।
‘सभामुखज्यूसँग हाम्रो पार्टीका सभापतिज्यूको केही मिनेट कुराकानी भयो,’ रास्वपाकी एक सांसदले बताइन्, ‘त्योबीचमा हाम्रो तर्फबाट उहाँमाथि राज्य गरेको अन्यायको कुरा उठायौँ। अनि सभापतिज्यूले सांसद पद निलम्बन फुकुवाको निवेदन दिनुभयो।’
सभामुखको कार्यकक्षबाट फर्केपछि नेता लामिछानले आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर निर्देशन दिइरहेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया