बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका ‘निलम्बित सांसद’ रवि लामिछाने र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
उनीहरूबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमै केहीबेर कुराकानी भएको बताइएको छ।
रास्वपा स्रोतकाअनुसार संसद्को हिउँदे अधिवेशन चल्नुअघि नेता लामिछानेले सभामुख घिमिरेलाई भेटेर ‘सांसद पद निलम्बन फुकुवाको निवेदन–पत्र’ थमाएका छन्।
‘सभामुखज्यूसँग हाम्रो पार्टीका सभापतिज्यूको केही मिनेट कुराकानी भयो,’ रास्वपाकी एक सांसदले बताइन्, ‘त्योबीचमा हाम्रो तर्फबाट उहाँमाथि राज्य गरेको अन्यायको कुरा उठायौँ। अनि सभापतिज्यूले सांसद पद निलम्बन फुकुवाको निवेदन दिनुभयो।’
सभामुखको कार्यकक्षबाट फर्केपछि नेता लामिछानले आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर निर्देशन दिइरहेका छन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया