बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछाने ‘सांसद पद निलम्बन फुकुवाको निवेदन–पत्र’ बोकेर सिंहदरबार छिरेका छन्।
रास्वपा स्रोतकाअनुसार उनी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र सांसद डीपी अर्यालसहित ‘थुनामुक्त भएपछि’ पहिलोपल्ट सिंहदरबारस्थित संघीय संसद्को सचिवालय पुगेका हुन्।
संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटवार्ताका लागि समय मागेका छन्।
‘अहिले हामीहरू हाम्रो पार्टीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छौँ। सभापतिज्यूले सांसद पद निलम्बन फुकुवाको निवेदन–पत्र पनि तयार बनाउनुभएको छ,’ रास्वपाका एक सांसदले भने, ‘हेरौँ, सभामुखज्यूले भेट्न भेट्न समय दिनुहुन्छ या दिनुहुन्न।’
संघीय संसद्को हिउँदे अधिवेशन आज दिउँसोदेखि शुरु हुँदैछ
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया