बिएल संवाददाता
माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्ती मगरले राजनीतिक संघीयता प्राप्त भएपनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न नसकेको बताएका छन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा सहिद दिवस २०८१ का अवसरमा आयोजित ‘राष्ट्रिय चेतना र सहिदको भावना’ चित्रकला प्रदर्शनीमा उनले लोकतान्त्रिक गणतन्त्रको प्राप्ती भएपनि संघीयताको अभ्यास सम्बन्धी आवश्यक नियम कानून बन्न नसकेको बताए।
उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको प्राप्ती भएको छ। राजनीतिक संघीयता देशमा प्राप्त भएता पनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न सकिरहेका छैनौं। त्यसका लागि आवश्यक नियम कानून पनि बन्न सकिरहेको छैन्। निजामती ऐन अझै पनि छलफलको अवस्थामा छ, प्रहरी समायोजन ऐन अझै पनि सदनबाट पारित गर्न सकेका छैनौं। यस्तै शिक्षा ऐन पनि समितिमा विचाराधिन अवस्थामा छ। संघीय प्रणालीलाई व्यवस्थित र सबल बनाउनको लागि आवश्यक कानून निर्माण गर्न जरुरी छ।’
साथै, उनले पछिल्लो राजनीतिक परिवर्तनपछि रुखबाट लडेका, नदीले बगाएकाहरू पनि शहीदको नाममा गणना भएको बताए।
उनले भने, ‘नेपाली सपुतहरूले जुन आफ्नो ज्यान दिनुभयो उहाँहरूको रगत पसिनामा हामी उभिएका छौं र हामीले लोकतन्त्रको अभ्यास गरिरहेका छौं। यसो भन्दै गर्दा सहिदहरूको वर्गीकरण पनि हुन्छ। पछिल्लो राजनीतिक परिवर्तनपछि कतिपय मान्छे रुखबाट लडेकाहरू पनि सहिदको नाममा गणना गरिएको हुन्छ, नदीले बगाएकाहरू पनि सहिदको नाममा गणना भएका छन्।’
नेताहरूको भाषणभन्दा एउटा चित्रले निकै राम्रो कुरा बोलेको भन्दै ललितकलामा रहेका चित्रहरूमा निकै गहिरो भावहरू रहेको उनले बताए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया