बिएल संवाददाता
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा छलफल गरेको छ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सांसद रामहरी खतिवडाले सरकार गठन भएपछि गरेका राम्रा कामहरू र सरकारलाई ०८४ सम्म नै निरन्तरता दिने विषयमा छलफल भएको बताए।
उनले भने, ‘आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरू उठाउने छ। यो सरकार गठन भएपछि गरेका राम्रा कामहरू के के छन्, आर्थिक अवस्थाको सुदृढीकरण के हो, राजनीतिक स्थिरता कहाँ पुग्यो आदि विषयमा समीक्षा भएको छ। तीन-तीन महिनामा विश्वासको मत लिने पद्धति समाप्त भएर एउटा उत्साहजनक वातावरण सिर्जना गरेको छ। सरकारलाई ०८४ सम्म निरन्तरता दिएर नै जाने गरी छलफल भएको छ।’
यसैगरी उनले बैठकमा प्रारम्भिक छलफल भएको बताए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया