बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कारको आरोप लागेका एमाले नेता महेश बस्नेतलाई उन्मुक्ति दिएको खुलासा गरेकी छन्।
शनिबार साँझ ज्वालाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि लामिछानेले बस्नेतलाई उन्मुक्ति दिएको खुलासा गरेकी हुन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महेश बस्नेतले रास्वपा सभापति लामिछाने लक्षित अभिव्यक्ति दिएका थिए। काउन्टरमा ज्वालाले बस्नेतलाई बलात्कारी प्रमाणित गर्न आफ्ना सभापतिले उन्मुक्ति नदिएको भए बस्नेत जेलमा पुग्न सक्ने आशयको स्टाटस लेखेकी थिइन्।
तर, रविले बलात्कारीलाई उन्मुक्ति दिएको आशयको अभिव्यक्ति दिएपछी उनी आफैं समस्यामा फसेकी छन्। लामिछानेले बलात्कारीलाई उन्मुक्ति दिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले स्टाटस एडिट गरिसकेकी छन्।
संग्रौलाले सुरुमा लेखेकी थिइन्, ‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी…।’
चर्को आलोचना भएपछि उनले स्टाटस सच्याउँदै ‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको’ भन्ने शब्द हटाएकी छन्।
बस्नेतमाथि एमालेकै पूर्व नेतृले बलात्कारको आरोप लगाउँदै आएकी छन्। ती महिलाकै समर्थनमा रहेकी ज्वालाले आफ्नै सभापतिले बस्नेतलाई जोगाएको अभिव्यक्ति दिएपछि रास्वपामा तरंग छाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया