बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरू प्रशस्तै रहेको बताएका छन्।
शनिबार राष्ट्रिय कार्यकर्ता भेला २०८१ मा बोल्दै उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको समयमा राम्रो भएको देख्न नचाहने, सधैंभरी अस्थिरतामा रमाउन खोज्नेहरूको कमी नभएको बताएका हुन्।
उनले भने, ‘जतिबेला मुलुक निराशाको खाडलबाट बाहिर निकल्ने प्रयत्न गरिरहेको छ। मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्ने जमर्को भइरहेको छ र नेपालका उद्योगी व्यवसायीहरू अब नेपालमा नै केही हुन्छ की भनेर आशा प्रकट गरिरहेको अवस्था छ। यही सन्दर्भलाई ध्यानमा राखेर पार्टीका अध्यक्ष ओलीले गरिरहेका राम्रो काम देख्न नचाहने सधैंभरी अस्थिरतामा रमाउन खोज्ने, नेपाललाई अस्थिरताको दलदलमा फसाइरहन चाहने प्रवृत्तिका व्यक्तिहरू फेरि एकपटक सलबलाएर एमाले र त्यसको नेतृत्व विरुद्धमा चौतर्फी घेराबन्दी एवं आक्रमण गरिरहेका छन्।’
साथै उनले नेकपा एमालेको नेतृत्वले सरकारले जनतामा आशा जगाएको बताए। उनले सरकारले जनतामा आशा संञ्चारित गरेको र विकास र निर्माणका कामहरूले तिव्रता पाइरहेको बताए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया