बिएल संवाददाता
नेकपा एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष डा. भीम रावलको गृहजिल्ला अछाममा पार्टी छोड्ने नेता–कार्यकर्ताहरूको संख्या बाक्लिएको छ।
सुदूरपश्चिमबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका ‘राष्ट्रवादी’ नेतालाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निकाल्दा अछामी एमालेजनहरू रिसाएका छन्।
कतिसम्म भने अछाम जिल्लामा दर्जनौँ एमालेका वडा कमिटीहरू उनै रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान’मा समाहित भएका छन्।
अध्यक्ष ओलीले नेता रावललाई कारबाही गर्दै यहीँ पुस दश गते साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेपछि रावल आफ्नै मातृभूमि जागरण अभियान खोलेर संठगन विस्तारमा व्यस्त छन्।
एमाले अछामकै कतिपय नेताहरू भन्छन्, ‘अछाम जिल्लामा एमाले भन्ने पार्टी सकिने भयो। अहिले त सबै कार्यकर्ताहररू भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा जोडिँदै छन्।’
रावललाई अन्य क्षेत्रबाट भन्दा सुदूरपश्चिम प्रदेशले राम्रो साथ दिएको छ। रावल नेतृत्वको अभियानमा गृहजिल्लाका अधिकांश संगठनमा प्रभाव राख्ने नेताहरू खुलेर लागेका छन्।
त्यस्तै, एमालेको साँफेबगर नगर कमिटी नै रावलको अभियानमा लागेको छ। अन्य पालिकाका विभिन्न एमालेका वडा कमिटीहरू पनि मातृभूमि जागरण अभियानमा समाहित भएको नेताहरूको दाबी छ।
अछाम जिल्लामा एमालेको संगठनलाई शून्यमा झार्ने र डा. भीम रावलको समर्थनमा जुट्ने दावी गरिएको छ।





कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया