बिएल संवाददाता
‘मातृभूमि जागरण अभियान’ नेपालका प्रस्तावक डा. भीम रावलले ‘होली वाइन’का सूत्रधार तथा नेपाल परिवाद दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेबाट सांसद् बनाएको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नैतिकतामाथि फेरि प्रश्न उठाएका छन्।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले नेपालको संस्कृतिलाई ध्वस्त गरेर ‘यूनिफिकेशन चर्च’को झण्डा बोक्ने अर्को पार्टीका व्यक्तिलाई एमालेबाट सांसद् बनाएको भन्दै चर्को आलोचना गरे।
‘हामी दशैँ–तिहार मनाउँछौँ। टीका–भाइटीका लगाउँछौँ। तर नेपालको संस्कृतिलाई ध्वस्त बनाउन, सबै सिध्याउन लाग्नेको एकनाथ ढकालजस्तो व्यक्तिलाई ल्याएर केपी ओलीले सांसद् बनाए,’ उनले भने।
त्यसो त अहिले पार्टीबाट निकालिएर बेग्लै अभियानमा लागेका रावलले ‘केपी ओली, एकनाथ वा होली वाइन’को प्रसंग पहिलोपटक उम्काएका होइनन्। उनले सुरूदेखि नै एउटा पार्टीको अध्यक्षलाई अर्को पार्टीबाट सांसद् बनाउने ‘अनैतिक रबैया’को विरोध गर्दैआएका छन्।
‘क्रिश्चियन धर्म प्रचारक’ ढकाललाई नेपालमा कतिपयले ‘होली वाइन’ भनेर पनि चिन्छन्। उनै विवादीत पात्रलाई अध्यक्ष ओलीले समानुपातिक निर्वाचनको बन्दसूचीमा खस–आर्य पुरुषतर्फ दोस्रो नम्बरमै राखी एमालेबाट सांसद्समेत बनाएका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया