
बिएल संवाददाता
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सिंहदरबारमा खोसिएको थोत्रे गाग्रीलाई संग्रहालयमा राख्न आग्रह गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत साम्पाङले कुच्चिएको थोत्रे गाग्रीले भाषण र आश्वासनमा सीमित केही पूँजीपतिहरूको घेरामा रहेको सिंहदरबारको कमजोर जग मज्जाले हल्लाएको दाबी गरेक हुन्।
साम्पाङले भनेका छन्, ‘करोडौं नेपालीहरूले बोल्न नसकेको बोली बोल्ने त्यो महान थोत्रे गाग्रीलाई सलाम छ मेरो! संग्रहालयमा राख्नु सम्हालेर त्यसलाई!’
उनले भविष्यमा जनताको आवश्यकताको माग लिएर यस्ता गाग्रीहरूले सिंहदरबार घेरिन नपरोस् भन्दै चेतावनी दिएका छन्।
भन्छन्, ‘लोकतन्त्रमा जनतालाई हेप्ने, उपेक्षा गर्ने कुशासनका कुव्यवहारहरू कतै देख्न र भोग्न नपरोस् अन्यथा गाग्रीहरूको आगमन भइनैरहनेछ।’
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया