बिएल संवाददाता
नेपाली कांग्रेसले कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भत्र्सना गरेको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण हुँदा निधारमा चोट लागेको बताए। कांग्रेसले घटनाको यथार्थ छानविन गर्न माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानविन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कार्वाहीका लागि सरकारसँग माग गर्दछ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा शनिबार दिउँसो आयोजना गरेको वार्षिक साधारणसभामा थापा प्रमुख अतिथि थिए। कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा सुरुंगाको जुकेकल्भर्ट नजिक साँझ ७ बजेतिर एउटा समूहले सुरक्षामा खटिएका पीएसओ समेतसँग विवाद गर्दै पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको थियो।
आँखा र अनुहारमा चोट लागेपछि उनलाई तत्कालै विर्तामोडको विर्तासिटी अस्पतालमा उपचारका लागि पुर्याइएको थियो।
प्रहरीले आक्रमणमा संलग्न दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबै जना नेपाल विद्युत प्राधिकरणका कर्मचारी रहेको बुझिएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्रेको र उनीहरू नेपाल विद्युत प्राधिकरणको कर्मचारी रहेको पुष्टि गरे।
पूर्वमुख्यमन्त्री थापा बा१झ ६५३ नम्बरको गाडी चढेर निवास फर्किदै थिए। उनलाई आक्रमण गर्ने कर्मचारीहरू प्राधिकरणको बा१झ १८७० नम्बरको गाडीमा चढेका थिए।
प्राधिकरणको गाडीसँग थापा सवार गाडीले अगाडि बढ्न साइड माग्ने क्रममा सुरुमा पीएसओसँग विवाद भएको थियो। त्यही विवाद बढ्दै जाँदा कर्मचारीले थापामाथि हात हालेका थिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया