बिएल संवाददाता
संघीय संसदका विपक्षी दलहरूले आज(बिहीबार) गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन स्थगित भएको छ।
बिहीबार गर्ने भनिएको पत्रकार सम्मेलन भोलि(शुक्रबार) दिउँसो ३ बजेका लागि सारिएको हो।
हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको तयारी गरिएको थियो।
पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको दुई सदस्यीय कार्यदल बनाएको छ। कार्यदलले समयमै ड्राफ्ट तयार गर्न नसकेपछि आजको पत्रकार सम्मेलन स्थगित भएको हो।
पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया