बिएल संवाददाता
पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा मनपरी लेखेको आरोपमा नेकपा एमालेका नेता तथा पूर्वप्रदेश सांसद् विमल कार्की कारबाहीमा परेका छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको मानहानी हुनेगरी स्ट्याटस लेखेको आरोपमा उनलाई निलम्बन गरिएको हो। कार्कीलाई ६ महिनाका लागि पार्टी सदस्यबाट हटाइएको एमालेले जनाएको छ।
उनले केही महिनाअघि सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष ओलीको नागरिकतावारे प्रश्न उठाएका थिए। कोलम्बिया काण्डमा ओलीको नागरिकताको तस्बिर पोष्ट गर्दै उनले ‘खड्गप्रसाद ओली’ र ‘केपी शर्मा ओली’ फरकफरक हुन् कि एउटै भनी खुलाइदिन आग्रह गरेका थिए।
‘२०४८ को आम चुनाव र ०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद तथा २०५१ को मनमोहन अधिकारी प्रधानमन्त्रीत्वको सरकारमा भएका गृहमन्त्री र अहिलेका प्रधानमन्त्री एउटै हुन् भनेर नेपाली राजनीतिमा चासो राख्ने सबैले यकिनका साथ भन्दछन्’,उनले लेखेका छन्,‘तर, तत्कालीन झापाली सांसद तथा गृहमन्त्रीको नागरिकतामा र त्यो बेलाका सरकारी दस्तावेजहरुमा खड्गप्रसाद ओली भनेर लेखिएको छ। अनि अहिलेका प्रम भनेर सामाजिक सञ्जालमा भाइरल बनेको नागरिकतासम्बन्धी भिडियोमा केपी शर्मा (ओली) भनेर लेखिएको छ। मैले बुझ्न चाहेको कुराः एउटै मान्छेले दुई वटा नागरिकता प्रयोग गरेको हो कि नागरिकताजस्तै मान्छे पनि फरक फरक नै हुन्? कसैले तथ्यसहित बुझाइदिनुहुन्थ्यो कि!’
पार्टी अनुशासन उल्लंघन गरेपछि प्रदेश कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो। तर,जवाफ चित्तबुझ्दो नभएको भन्दै पछिल्लो सचिवालय बैठकले कारबाहीको निर्णय गरेको थियो। सो निर्णयलाई प्रदेश कमिटी बैठकले अनुमोदन गरेसँगै कार्की निलम्बनमा परेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया