बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्ने बताएका छन्।
बुधबार उद्योगी व्यवसायीहरू गरेकाे कार्यक्रममा बाेल्दै उनले गर्नुपर्ने भन्दापनि नगर्नुपर्ने आयात बढी गरिरहेकाे बताउँदै उत्पादन केन्द्रको रुपमा देशलाई परिणत गर्नुपर्ने बताएका हुन्।
अनावश्यक आयातलाई घटनाउनुपर्ने भन्दै उनले भने, ‘के के क्षेत्रमा आयात हुन्छ र के–के क्षेत्रमा निर्यात हुन्छ। कुन–कुन आयात अनिवार्य र उपयोगी आयात हो, त्यो नगरी हुँदैन हाम्रो विकासका लागि। त्यो चिजलाई बढावा दिनुपर्छ। आयात घटाउने भनेका छौं हामीले केही आयात नगरी हुँदैन। तर हामी गर्नुपर्ने आयातभन्दा नगर्नुपर्ने आयात बढी गरिराखेका छौँ। हामी त उपभोक्ता बजारको रुपमा छौं। त्यसकारण उपभोक्ता बजार भन्दा हामीले उत्पादन केन्द्रको रुपमा देशलाई परिणत गर्नुपर्छ।’
त्यसैगरी उनले आफूभन्दा धेरै उद्योगी व्यवसायीहरूलाई अर्थतन्त्रबारे बढी थाहा भएकाे बताए।
प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको बारेमा जति मलाई थाहा छ त्यो भन्दा बढी उद्योगी व्यवसायीहरूलाई थाहा छ। खासगरी अर्थतन्त्रको मौद्रिक नीति कस्तो छ? हाम्रो लगानीको स्थिती कस्तो? आयातको स्थिती के छ? निर्यातको स्थिती के छ?’
त्यस्तै उनले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी व्यवसायीसँगै कृषि क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने बताएका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया