बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्ने बताएका छन्।
बुधबार उद्योगी व्यवसायीहरू गरेकाे कार्यक्रममा बाेल्दै उनले गर्नुपर्ने भन्दापनि नगर्नुपर्ने आयात बढी गरिरहेकाे बताउँदै उत्पादन केन्द्रको रुपमा देशलाई परिणत गर्नुपर्ने बताएका हुन्।
अनावश्यक आयातलाई घटनाउनुपर्ने भन्दै उनले भने, ‘के के क्षेत्रमा आयात हुन्छ र के–के क्षेत्रमा निर्यात हुन्छ। कुन–कुन आयात अनिवार्य र उपयोगी आयात हो, त्यो नगरी हुँदैन हाम्रो विकासका लागि। त्यो चिजलाई बढावा दिनुपर्छ। आयात घटाउने भनेका छौं हामीले केही आयात नगरी हुँदैन। तर हामी गर्नुपर्ने आयातभन्दा नगर्नुपर्ने आयात बढी गरिराखेका छौँ। हामी त उपभोक्ता बजारको रुपमा छौं। त्यसकारण उपभोक्ता बजार भन्दा हामीले उत्पादन केन्द्रको रुपमा देशलाई परिणत गर्नुपर्छ।’
त्यसैगरी उनले आफूभन्दा धेरै उद्योगी व्यवसायीहरूलाई अर्थतन्त्रबारे बढी थाहा भएकाे बताए।
प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको बारेमा जति मलाई थाहा छ त्यो भन्दा बढी उद्योगी व्यवसायीहरूलाई थाहा छ। खासगरी अर्थतन्त्रको मौद्रिक नीति कस्तो छ? हाम्रो लगानीको स्थिती कस्तो? आयातको स्थिती के छ? निर्यातको स्थिती के छ?’
त्यस्तै उनले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी व्यवसायीसँगै कृषि क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने बताएका थिए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया