बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय विभागहरूमा नेतृत्व चयन गरिएको छ।
पार्टीले गठन गरेका केन्द्रीय विभागहरूमा प्रमुख, उपप्रमुख र सचिवलगायतका पदाधिकारीहरू चयन गरिएको हो।
जसपा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, प्रचार प्रसार तथा प्रकाशन विभाग, आर्थिक विभाग, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभाग र युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुख पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट तय गरेको थियो भने अन्यमा सम्बन्धित विभागको बैठकबाट प्रमुखलगायतका पदाधिकारी चयन गरिएको हो।
जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा, प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा पूर्ण बस्नेत, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा सुरेन्द्र यादव र पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुखमा सुरेश मण्डल चयन भएका छन्।
त्यसैगरी विभागीय प्रमुखको जिम्मेवारी पाउनेहरूमा आर्थिक विभागमा बलराम महतो, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभागमा जितेन्द्रकुमार यादव, युवा विद्यार्थी तथा खेलकुद विभागमा विदेश्वर यादव (बिक्की), महिला विभागमा प्रमीला कुमारी र सहकारी तथा गरिबी निवारण विभागमा उदयकान्त मिश्र रहेका छन्।
विभागको बैठकबाट सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा विनिता यादव, उद्योग वाणिज्य तथा आपूर्ति विभागमा लक्ष्मण गुरुङ, बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागमा हेमचन्द्र महतोले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन्।
गठन गरिएकामध्ये संगठन विभाग र कानुन विभागमा पदाधिकारी चयन गर्न बाँकी छ भने अन्य विभागहरू आगामी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट गठन गरिने भएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया