बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन नागरिकलाई आह्वान गरेका छन।
केही दिन यतादेखि नेपालमा लगायता भूकम्प गइरहेकोले सुरक्षित हुन प्रधानमन्त्रीले आग्रह गरेका हुन।
‘हिजोआज विभिन्न भागमा साना–ठूला भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो आब्हान गरेका हुन् ।
मंगलबार बिहानै ६ः५१ बजे पनि काठमाडौं लगायत नेपालका विभिन्न भागमा भूकम्पको ठुलो धक्का महसुस भएको छ। नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाडौं सहित दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायतका क्षेत्रमा ठुलो धक्का महसुस भएको थियो।
भूकम्पको धक्का कोशी तथा मधेस प्रदेशमा पनि महसुस भएको छ। चीनको तिब्बत तथा भारतको सिक्किममा समेत भूकम्पको धक्का महसुस भएको छ। खानी तथा भूगर्भ विभागका अनुसार भूकम्प ७ म्याग्निच्युड भन्दा बढीको गएको प्रारम्भिक रेकर्डले देखाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया