बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग भइरहेको बताएका छन्।
शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औं साधारणसभा तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन्। पोल्टिकल चिटिङ गरिरहेका छन्। त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन्। त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ। राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन। बुद्धिजमको शिक्षा बिलकुल फरक हो। सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा हो। वैरभाव पलायो भने बुद्धिजम छैन। बुद्धिजममा धेरै राम्रा गुण छन। यसमा जातका आधारमा छुट्याउने घृणावादी सोच छैन।’
साथै राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने उनको भनाइ थियो। उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताए। उनले धर्मका नाममा विभाजन नहुनुपर्ने बताए। धर्म विभाजनका लागि नभइ, धर्म एकता र समझदारीको लागि भएको बताए।
ओलीले पाँच वर्षअघि भियतनाममा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आफूले भाग लिएको र यस्ता सम्मेलन संयुक्त राष्ट्रसंघकै आयोजनामा नेपालमा गर्ने कुराकानी भएका बेला कोभिड महामारीले असर गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीमा आफूले पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण गराएको स्मरण गरे।
सो अवसरमा प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा र दर्शनलाई प्रचार र प्रवद्र्धनमा योगदान दिने लोटस रिसर्च सेन्टर र डुण्डुुबहादुर बज्राचार्यलाई सम्मानित गरेका छन।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया