बिएल संवाददाता
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलिको १०० दिने काम पूर्णरुपमा असफल, भ्रष्टाचारीलाई संरक्षण र लुटने काम मात्रै भएको बताएका छन्।
भ्रष्टाचार नियन्त्रण राज्यको पहुँचभन्दा बाहिर गएको बताउँदै उनले भ्रष्टाचारी, लुटेरा र अनियमितता गर्नेहरु नै शासन व्यवस्था सञ्चालन गरिरहेको गम्भिर आरोप लगाए। उनले राज्यले नै भ्रष्टाचारीलाई संरक्षण दिएको बताए।
बडादसैँ, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा बाराको कलैयास्थित गंगापुरमा आज आयोजित शुभकामना अदानप्रदान एवम् भेटघाट कार्यक्रममा सहभागी साहले देशलाई जोगाउनका लागि ‘भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही’ गर्नुपर्ने बताए। मुलुकमा दिनदिनै भ्रष्टाचार संस्थागत हुँदै गएकोले मुलुक समृद्ध हुन नसकेको उनले बताए।
सरकारको मुख्य नेतृत्व नै भ्रष्टाचारमा लागेकोले कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारबाहीको अपेक्षा गर्नुभनेको ‘गोरुबाट दूध पाउने कल्पना गरे जस्तै हो’ भएको टिप्पणी उनको छ।
‘देशमा भ्रष्टाचार बढ्दै गएका कारण मुलुकमा विकास रोकिएको यथार्थ हामीसामु छ। नेपालको सम्पत्ति लुटेर दिन दहाडै विदेश लगिँदैछ। भ्रष्टाचारको काण्डै काण्डले देश बरबाद हुँदैछ। मुलुकको आर्थिक अवस्था संकटमा छ। सरकारी निकायले भ्रष्टाचारीको अगाडि निरीह छ, केही गर्न सकिरहेको छैन। भ्रष्टाचारीलाई राज्यकै संरक्षण छ’, साहले भने, ‘यस्तो अवस्थामा हामी चुप लागेर बस्न मिल्दैन। हामीले मुलुकलाई समृद्ध बनाउन, सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न आवश्यक छ।’
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया