बिएल संवाददाता
पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि नेकपा एमालेले १८ बुँदे वार्षिक कार्य योजना बनाएको छ।
शुक्रबार केन्द्रीय सचिवालयको बैठकले यस्तो कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनले भने,‘आज पार्टीको केन्द्रीय सचिवालयको बैठकले पार्टीको वार्षिक कार्ययोजना निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजना पारित गरेको छ। वार्षिक कार्ययोजनाभित्र १८ वटा विषयहरु समावेश गराएका छौं।’
उनले पार्टी सदस्यता नवीकरण विस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको पनि जानकारी दिए।
उनले भने,‘पार्टी सदस्यता नवीकरण विस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको छ। केही जिल्लामा अधिवेशन गर्न बाँकी छ जुन कार्तिक मसान्तसम्म सम्पन्न गर्ने कार्ययोजना छ। सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने योजना बनाइएको छ।’
त्यस्तै एमालेले पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना बनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया