बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मिल्दा देशमा खुसीयाली आएको बताएका छन्।
बिहीबार पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सुरुमा पार्टीका सबै साथीहरू चिन्तित भएपनि अहिले आएर पार्टीका नेता मात्र नभइ देशमा नै खुसी ल्याएको बताएका हुन्।
उनले भने, ‘हिजो एमाले र माओवादी मिल्दा पार्टीका सबै साथीहरु चिन्तित थिए, डराइरहेका थिए। साथीहरूको भावनाअनुसार मैंले एमालेका नेता केपी ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौं। सहमतिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ। दुई वर्षपछि उहाँले प्रधानमन्त्री छोड्ने सहमती भएको छ। साथसाथै दुईवटा पार्टीको बीचमा जुन सहमति भएको छ त्यसले मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो अरु पार्टी सिध्याउने कुरा गर्नुभएको छैन। सबैलाई मिलाएर लैजान चाहन्छौं। हामीबीच भएको सहमतिले देशभर खुशी ल्याएको छ।’
साथै उनले पार्टी छोडेर गएकाहरु पुन पार्टीमा फर्किन थालेको बताए। उनले पार्टीलाई कमजोर बनाउने षडयन्त्र भइरहेको बताउँदै सचेत रहन पार्टी पदाधिकारीहरूलाई अग्रह गरे।
उनले दुई पार्टी मिलेपछि अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया