
बिएल संवाददाता
नेकपा (एमाले)ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ।
बुधबार पोलिट्ब्युरो बैठकपछि एमालेले पनि बैसाखी नटेक्ने गरी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको हो।
बुधबार पोलिट्ब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले कुनै वामपन्थी मोर्चा बन्दैन। त्यो दिशामा फर्केर हेरेका छैनौँ, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो। आज पनि एक्लै चुनाव लड्छौँ। कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ।’
उनले अहिले कुनै मोर्चाबन्दी बनाउन नहुने निष्कर्ष निकालेको बताए। तत्काल कुनै वामपन्थी मोर्चा नबन्ने निष्कर्ष निकालिएको जानकारी दिए।
बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको कार्ययोजनामा ५१ जना सदस्यले आफ्नो धारणा राखेका थिए। प्रभावकारी कार्यान्वयनमा नेताहरूले जोड दिएका थिए। बैठकले १५ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया