बिएल संवाददाता
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र सभापति शेरबहादुर देउवाबीच भनाभन भएको छ। पार्टीमा सरकारका लाभका पदहरू लिनेबारे अवधि र अवसरको प्रस्ताव राखेका महामन्त्रीले शर्माले बैठकमा सभापति देउवालाई अब प्रधानमन्त्री नहुन सुझाव दिएका थिए।
‘अहिले काँग्रेसले गठबन्धन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीज्युको नेतृत्वको सरकारलाई सघाउनुपर्छ’ त्यसपछि शर्मा अरु छ जना नेताको नाम लिँदै देउवालाई भनेका थिए ‘त्यसपछि तपाईं प्रधानमन्त्री बन्नु हुन्न। तपाईंले त्याग गर्नुपर्छ।’
उनले ओलीको कार्यकालपछि सत्ता साझेदारी समझदारीअनुसार आगामी २०८३ असारमा नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने तर देउवा भने प्रधानमन्त्री बन्न नहुने बताए।
‘पार्टीमा एक से एक अग्रज नेताहरू हुनुहुन्छ। तपाईंले अब त्याग गर्नैपर्छ’ नेताहरूको नाम लिँदै उनले सुझाए ‘डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, अर्जुनरसिंह केसीहरू हुनुहुन्छ। उहाँहरूमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुस्।’
महामन्त्री शर्मा बोल्दाबोल्दै सभापति देउवाले बीचमै प्रतिवाद गरेका थिए। देउवाले शर्मालाई भनेका थिए ‘तपाईंले भनेरै मैले त्याग गर्ने हो?’ त्यसपछि फेरि शर्मा बोलेका थिए। उनले अब लाभका पद छोडेर पार्टी र देशको अभिभावक बन्न अनि ‘राज नेता’का रुपमा अवकाश लिन पनि देउवालाई सुझाव दिएका थिए।
महमन्त्री शर्माले पार्टीका नेताहरूले लिने पदहरूको अवधि र अवसरका बारेमा नयाँ प्रस्ताव ल्याएका छन्। उनको प्रस्तावमा पार्टीका तर्फबाट कुनै नेता एक राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई पटक र तीन कार्यकालसम्म मन्त्री हुन पाउने व्यवस्था गरिएको छ। त्यस्तै एकजना व्यक्ति चार कार्यकालभन्दा धेरैपटक सांसद हुन नपाइने नीति अपनाउन पनि उनले पार्टीलाई प्रस्ताव गरेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया