बिएल संवाददाता
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। त्यसअघि दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनहरूमा सहमति जुटाउन बिहानैदेखि नेताहरू जुटेका छन्।
दिउँसो १ बजेसम्ममा दुई महामन्त्रीका प्रस्तावहरूमा सहमति जुटेपछि ३ बजेको बस्ने केन्द्रीय समितिको बैठकले ती प्रस्तावहरू अनुमोदन गर्नेछ।
गत फागुनमा भएको महासमिति बैठकमा थापाले ‘चुनावी गठबन्धन नगर्ने र नेपाली काँग्रेस एक्लै चुनाव लड्ने’ नीति अवलम्बन गर्न प्रस्ताव गरेका थिए। त्यसलाई महासमितिले पारित गरे पनि केन्द्रीय समितिबाट अनुमोदन गर्ने भनिएको थियो। त्यही बेला अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन पनि पारित भएको थियो। तर केन्द्रीय समितिमा अनुमोदन गराउने बेलामा उनले त्यो प्रतिवेदन संशोधन गरेका छन्।
संशोधित प्रतिवेदनमा उनले पार्टीका तर्फबाट कुनै नेता एक राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई पटक र तीन कार्यकालसम्म मन्त्री हुन पाउने व्यवस्था गरिएको छ। त्यस्तै एकजना व्यक्ति चार कार्यकालभन्दा धेरैपटक सांसद हुन नपाइने नीति अपनाउन पनि उनले पार्टीलाई प्रस्ताव गरेका छन्। उनको यो प्रस्तावलाई अहिले नेपाली काँग्रेसभित्र ‘१, २, ३, ४’ भनेर छलफलमा राखिएको छ। नेताहरूले पनि यसमा बहस गरिरहेका छन्।
नेपाली काँग्रेसका नेताका अनुसार दुबै महामन्त्रीका प्रतिवेदनहरूमा थप केही संशोधन गर्ने र त्यसलाई केन्द्रीय समितिले अनुमोदन गर्नेछ। त्यसका लागि सहमति जुटाउन पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा शीर्ष तहका नेताहरूसँग छलफल गरिरहेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया