बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ। बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।
बैठकमा राष्ट्रिय भेलाका साथै पार्टीका समसामयीक गतिविधिबारे छलफल भइरहेको पाटी सह-प्रवक्ता मनिष झाले बताए।
साथै बैठकमा निलम्बित महामन्त्री मुकुल ढकाललाई सोधिएको स्पष्टीकरण र उनले उल्टै पार्टी सभापति रवि लामिछानेलाई गरेका प्रतिप्रश्नबारे पनि बैठकमा छलफल हुनेछ।
रास्वपाले दोस्रोपटक स्पष्टीकरण सोधिएका डा. ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाउने विषयमा छलफल हुने एक नेताले बताए।
त्यसैगरी, बैठकमा आगामी असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तारलगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।
रास्वपाले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया