बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित मुर्ख नभई सज्जन र गुणवान मान्छे उत्पादन गर्न विश्वविद्यालयहरुले काम गर्नुपर्ने बताएका छन्।
सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित सुुदूरपश्चिम विश्वविद्यालयको १२औँ सभामा कुलपति ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताएका हुन्।
उनले भने, ‘गुरुहरुले ऋषिमन र भावका साथ काम गर्नुपर्छ। त्यसो भएमा चेलाहरुले गुरुहरुलाई मान्छन्। विद्यार्थीलाई शिष्ट, नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूल शिक्षा हासिल भएको मान्न सकिँदैन।’
सुदूरपश्चिम विश्वविद्यालयको स्थापनापूर्वको छलफलमा आफू सहभागी भएको उल्लेख गर्दै उनले सुदूरपश्चिमको संस्कृति र पन झल्कने खालको शिक्षा दिन पनि पदाधिकारीलाई आग्रह गरे।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया