बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन्।
शनिबार युथ कनक्लेभ- २०२४मा आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताउँदै अब पहिलाे महिला प्रधानमन्त्री बनाउने चाहना भएकाे बताए।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुषमात्रैको डेलिगेसन एकजना मात्रै बोलाएको छ भने बेग्लै कुरा विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन। डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ। त्यो रुल अहिले मैले सरकारको बनाएको छु। महिलाहरुको लागि थुप्रै काम गरेको छ।’
महिला प्रधानमन्त्री बनाउन चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ, रियालिटीमा अब दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार काम गर्नकै लागि बनेको बताउँदै देशमा परिवर्तन ल्याइछाड्ने उद्देश्यले आफू प्रधानमन्त्री बनेको बताए।
उनले भने, ‘अहिलको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस्। फरक पर्दैन, भर पर्नुपर्छ यो सरकारसँग। किनभने यो केही काम गर्नका लागि बनेको छ। म यो उमेरमा घस्रिनुपर्ने केही आवश्यक्ता थिएन।’
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया