बिएल संवाददाता
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माबाट पार्टी फुटाउने भन्ने समाचार निराधार भएको बताएका छन्। पार्टी फुटाउने विषयमा अनावश्यक शंका नगर्न पार्टीपंक्तिलाई आह्वान समेत गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पोस्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षीक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनार्दनसँग आफ्नो चरण चरणमा वार्तासमेत भएको उल्लेख गर्दै पार्टी नफुट्ने सुनिश्चित भएको दाबी गरे।
उनले भने, ‘कमरेड जनार्दनले पार्टी फुटाउने कुरामा शंका छ भने त्यो शंका नगर्न म समग्र पार्टी पंक्तीलाई आह्वान गर्न चाहन्छु। पार्टी फुट्दैन भन्ने सुनिश्चित भएको छ। त्यस्तो आशंका म मा पनि थियो, तर निराधार भएको कुरा प्रमाणित भएको छ। आज बिहान मात्र शर्मासँग मैंले छलफल पनि गरेका छु। अब एकतावद्ध भएर जाने हो, कसैले भन्दैमा पार्टी फुटाउने आशंका दिमागमा राख्नु परेन।’
पार्टी फुटाउने हल्ला निराधार भएपनि पार्टीभित्र व्यवहारिक विषयहरू जटिल बन्दै गएको दाहालको स्विकारोक्ति थियो। नेताहरूबीचको सम्बन्ध विगार्न केही पात्रहरूले अनावश्यक कथा बनाउने गरेको उल्लेख गर्दै प्रचण्डले यसबारे पार्टी नेतृत्वले अनुसन्धान गरि कारबाही गनुपर्ने बताए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया