बिएल संवाददाता
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक भदौ ७ गते पुनः बस्नेगरी सकिएको छ।
साउन २३ गतेदेखि केन्द्रीय कार्यालयमा बसेको बैठकमा सोमबार ११ प्रस्तावमाथि नेताहरुले आ-आफ्नो धारणा राखे।
बैठकमा राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान पूर्व पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मरण पनि गरिएको।
वि.स.१९९६ साउन २८ गते जन्मिएका उनले संक्रमणकालिन राजनीतिक परिस्थितिमा संविधानसभाबाट नेपालको संविधान जारी गर्न अनुलनीय भूमिका निर्वाह गरेको भन्दै नेताहरुले उनको स्मरण गरेका थिए।
सोमबारको बैठकमा केन्द्रीय सदस्यहरू- चित्रलेखा यादव, डा.मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाई, रामजनम चौधरी, डा। गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुंगटाले आ–आफ्नो धारणा राखे।
त्यसैगरी कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आफ्नो धारणा राखेका थिए। पार्टी कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २०८१ भाद्र ७ गते शुक्रबार बिहान ११ः०० बजे बस्नेछ।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया