बिएल संवाददाता
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा एजेण्डा छलफलका लागि पेस भएको छ।
बुधबार बसेको बैठकमा ११ वटा एजेण्डा पेस भएको र यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि भोलि बिहीबारबाट छलफल हुने प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका हुन्।
उनले भने, ‘आज एजेण्डा छलफलका विषयवस्तुहरु प्रस्तुत भए। ११ वटा विषय वस्तुहरु प्रवेश भएको छ। पहिलो विषय छ। केन्द्रीय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जित प्रस्ताव उपर छलफल हुन्छ, त्यो भोलिबाटै हुन्छ।’
उनले राष्ट्रिय सहमतिको सरकारको सम्बन्धमा कार्यसम्पादनको समितिले गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको पनि जानकारी दिए।
‘राष्ट्रिय सहमतिको सरकारको सम्बन्धमा जुन कार्यसम्पादनको समितिले निर्णय गरेको थियो। ती निर्णयलाई यहाँ अनुमोदन गर्ने प्रस्ताव आएको छ। त्यो अनुमोदन आज कै बैठकले गरिसकेको छ’, प्रवक्ता डा.महतले भने।
उनका अनुसार भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव पनि केन्द्रीय समितिमा पेस हुनुकासाथै सो अभियान १०० दिनसम्म चल्ने प्रस्ताव पनि आएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया