बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारमा इतिहासमै नभएका फाइलहरु खुल्दा माओवादीलाई बाहिर लखेट्ने काम भएको बताएका छन्।
आज (बुधबार) नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचिएको बताएका हुन्।
उनले भने, ‘यो सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै नभएका फाइलहरु खोलेर कारवाही अगाडि बढायो, त्यसकारण भ्रष्टाचारीहरु माओवादीसँग डराएँ र ती भ्रष्टहरु मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे। मध्यरातमा लुकेर, छिपेर, ढाँटेर सरकार गठन गरे।’
साथै उनले नेपाली जनताको लागि प्रतिनिधिसभाको बैठकमा बोलेको सबै कुरा सत्य भएको बताएका छन्। उनले सरकारबाट छोड्दै गर्दा देशमा एउटा भाष्य बनेका समेत बताए।
उनले भने, ‘अहिले हामी पार्टीको नेतृत्वको सरकारबाट विश्वासको मत लिने क्रममा मैले प्रतिनिधिसभामा जे सम्बोधन गरेको थिएँ, त्यो प्रतिनिधिसभालाई मात्र होइन हाम्रो पार्टीका तमाम नेता कार्यकर्ता र नेपाली जनतालाई यो देशका सबै उत्पीडित वर्गलाई, जाति, क्षेत्र, लिंग र समूदायलाई एउटा नयाँ क्रान्तिको लागि गरिएको अपिल हो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया