बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइ एयर एसियाले हिजो(शुक्रबार)देखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको जनाएका छन्।
सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका हुन्।
उनले भनेका छन्, ‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौं।’
‘हिजो हामीले यससम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौं। यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ। विमानस्थल सञ्चालनसम्बन्धी सुझाव दिन विज्ञहरूलाई समेत अनुरोध गर्छु’, प्रधानमन्त्रीले अगाडि भने।
विमानस्थल सञ्चालनसम्बन्धी सुझाव दिन विज्ञहरूलाई अनुरोध गर्दै ओलीले यस्तो भनेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया