बिएल संवाददाता
नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने ४ जनाकाे नाम टुङ्गाे लगाएकाे छ।
कांग्रेस कर्णाली प्रदेशका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले मुख्यमन्त्री यामलाल कँडेललाई ४ जनाको नाम बुझाएका हुन्।
काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम बुझाइएकाे छ।
उनीहरूकाे नियुक्त र शपथ आजै हुने बताइएकाे छ।
कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल प्रदेशको मुख्यमन्त्री छन्।
केन्द्रीय सत्ता समीकरण फेरिएपछि नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै कांग्रेस सरकारमा सहभागी हुन लागेकाे हाे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया