बिएल संवाददाता
नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने ४ जनाकाे नाम टुङ्गाे लगाएकाे छ।
कांग्रेस कर्णाली प्रदेशका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले मुख्यमन्त्री यामलाल कँडेललाई ४ जनाको नाम बुझाएका हुन्।
काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम बुझाइएकाे छ।
उनीहरूकाे नियुक्त र शपथ आजै हुने बताइएकाे छ।
कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल प्रदेशको मुख्यमन्त्री छन्।
केन्द्रीय सत्ता समीकरण फेरिएपछि नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै कांग्रेस सरकारमा सहभागी हुन लागेकाे हाे।
पूराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया