बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायलले गृहमन्त्रालय घातक भएको बताएका छन्।
बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै बचेर काम गर्न सुझाव दिएका हुन्।
‘एउटा कुरा म क्लियर भन्छु, यो मिडिया ट्रायलले गृहमन्त्रालय घातक छ, गृहमन्त्रीज्यू बच्नुहोला, तपाईंलाई पनि माया गर्ने मान्छेहरु छन्, मैले त धेरै काम गर्न सकेनँ, तपाईं सक्नुहोला तर मिडिया ट्रायलबाट यो संगठन जोगाउनुहोला’, उनले भने, ‘प्रहरी संयन्त्रका लागि मिडिया ट्रायल हरिबिजोक छ। मिडिया ट्रायल प्रतिस्पर्धी रुपमा रहेका छन्। मिडियाले सुरुमा भन्छ माहोल बनाइदिन्छु त्यसपछि माहोल बनाउँदै जाँदा सम्पादकीयबाट लिएर प्रहरीकोबारे नराम्रो समाचार लेखिदिन्छ तर हाम्रो प्रहरी सक्षम छ, क्षमतावान छ, तागत छ र साहस पनि छ।’
उनले प्रहरीलाई छानबिन गर्न दिए सम्पूर्ण कुरालाई अगाडि बढाएर छानबिन गर्न सक्ने बताए। साथै उनले सबै कारागारमा बजेटको कमी भएको भन्दै नुवाकोट कारागारका लागि पनि बजेट आवश्यक रहेको बताए।
उनले भने, ‘छानबिनको लागि आवाज उठाउनु नराम्रो होइन। छानबिन प्रहरीले पनि राम्रोसँग गर्छ, हस्तक्षेप गर्नुभएन, काम गरेको मान्छेलाई काम गरेको छैन भन्दै ट्रायल हुन्छ।’
साथै उनले यो समितिलाई अगाडि बढाउन वान टु वान प्रश्न उत्तर गर्दै गए सबै समस्याको समाधान हुने जिकिर गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया