बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि हालतमा असफल नहुने दाबी गरेका छन्।
मंगलबार प्रधानमन्त्री कार्यालयमा मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै प्रधामन्त्री ओलीले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै सफल भएर नै छाड्ने दाबी गरेका हुन्।
उनले भने, ‘यस सरकारलाई असफल हुने कुनै छुट छैन। अन्तिम हो यो भने जस्तै नै हो। अर्को के कुरामा पनि ढुक्क हुन आग्रह गर्दछु म भने असफल हुने छुट नभएको मात्र होइन। यो असफल कुनै हालतमा पनि हुँदैन। यो असफल हुन बनेको होइन। त्यसैले पनि असफल हुँदैन, सफल हुन्छ। भाग्य छ भन्दैमा डोकोमा दुध दोएर अड्डिँदैन भनेझैँ हातमा हात बाँधेर बसेर चाहिँ केही हुँदैन।’
प्रधानमन्त्री ओलीले केही नेताहरुले राजनीतिक ज्योतिष पल्टेर वर्तमान सरकारको तिथि तोक्दै हिँडेको भन्दै आपत्ति जनाए।
सरकार कुनै प्रकारको दाउपेचमा नभई कर्तव्य बोध गरेर ठूला पार्टीले बुझेर बनाएको भन्दै ढल्न त के ढलमल पनि नहुने उनको विश्वास छ।
उनले भने, ‘यो सरकार कति दिनलाई हो भन्दै भ्रम छर्न सक्छन्। अस्ति एकजना नेता राजनीतिक ज्योतिष पल्टेर तिथि तोक्दै गरेको देख्या थिएँ। यो सरकार दुई वर्ष मेरो नेतृत्वमा र निर्वाचनसम्म शेरबहादुरजीको नेतृत्वमा चल्छ। यसमा ढुक्क भए हुन्छ। सरकार कहिँकतै कुनै प्रकारको दाउपेचमा होइन, मन्त्री बनाइहालौँ भन्ने हिसाबले होइन। कर्तव्य बोध गरेर बनेको सरकार हो। ठूला पार्टीले बुझेर बनाएको पार्टी हो। त्यसैले ढल्न त के ढलमल नि हुँदैन। ढुक्क हुनु यो स्थिर सरकार हो।’
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया