बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसले पटक पटक काँध हाल्दासमेत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गति लिन नसक्दा संसदका दुई ठुला दल मिल्नुपरेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले थिति बसाल्ने रुचिसमेत नदेखाएका कारण समाजमा दुषित परिणाम निस्किने खतरा बढेका कारण दुई दल मिल्नुपरेको बताए।
उनले भने, ‘म कसैप्रति व्यक्तिगत टिप्पणी गर्न चाहन्न। तर यतिचाहिँ भन्छु कि नेपाली काँग्रेस र नेकपा एमालेले पटक पटक काँध हाल्दासमेत अघिल्लो सरकारले गति समात्न सकेन। सरकारले थिति बसाल्न सकेन्। थिति बसाल्ने रुचि पनि राखेन। जसका कारण समाजमा अनेकन दुषित परिणाम निस्किने खतरा बढ्यो। त्यसलाई टुलटुल हेरेर बस्न सकेनौँ।’
एमाले र काँग्रेस प्रतिस्पर्धी पार्टी भएपनि खास समयमा सहकार्य गरेर परिणाम दिनेगरि काम गरेको बताए।
‘नेपाली काँग्रेस र नेकपा एमाले प्रतिस्पर्धी पार्टी हौँ। विचारमा प्रतिस्पर्धा गरेपनि खास समयमा सहकार्य गरेको र देशलाई परिणाम दिएकै हो। २००७ सालमा राणा शासन अन्त्यका लागि एक भएका थियौँ। त्यसपछि पनि थुप्रै कालखण्डमा एक हुँदै आएका छौँ’, उनको भनाइ छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया