बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेसम्म कुनै पनि भ्रष्टाचारको काण्डमा माओवादी नमुछिएको दाबी गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको र हेप्न खोजे त्यो एउटा सपना मात्र हुने जिकिर गरेका हुन्।
उनले भने, ‘सत्तापक्षका एक जना वरिष्ठ नेताले विदेशमा गएर माओवादीलाई आगामी चुनावमा दुवै पार्टीले नलिने सर्तमा गठबन्धन गरिएको भन्नुभएको रहेछ। क्या गज्जब! भ्रष्टाचारले डुङडुङ्ती गन्हाएर सिनोमा परिवर्तन हुन लागेका तपाईंहरूले हामीलाई युद्धमा टाउकोको मोल तोक्ने, शंका लाग्ने बित्तिकै गोली ठोक्न आदेश दिएको होइन? गोलीसँग नहिलेको, कुनै नीतिगत भ्रष्टाचारको काण्डहरूमा नमुछिएको माओवादीलाई हेप्न खोज्नुभएको छ भने त्यो तपाईंहरूको दिवा सपना हुनेछ।’
साथै उनले जनताले माओवादी जस्तो पार्टीलाई मात्र बोक्ने बताए । उनले भ्रष्टाचारमा नमुछिएकोले छाती खोलेर जनताका माझ गर्व गर्न सक्ने हैसियत बनाएको बताए ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया