बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
आइतबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने तयारी गरिरहेको बेला प्रचण्ड र नेपालले भेटवार्ता गरेका हुन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले यस अघिनै विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्।
तिनै दलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरिनु गलत भएको भन्दै यस विषयलाई संसद र सडकमा उठाउने बताएका छन्। त्यस्तै प्रचण्ड र नेपाल अहिले ओलीलाई दुई तिहाई सांसदकाे समर्थन पुरा गर्न नदिने रणनीतिमा रहेका छन्।
प्रचण्ड र नेपालले प्रयास गरेपनि ओलीले आज संसदमा दुई तिहाईभन्दा बढी सांसदको विश्वासको मत पाउने निश्चित जस्तै देखिएको छ।
कांग्रेस र एमालेसहित ओलीसरकारलाई जसपा, नाउपा, जसपा नेपाल, लोसपा र दुई स्वतन्त्र सांसदहरुले विश्वासको मत दिने तयारी गरेका छन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया