बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एमाले र कांग्रेस एकै ठाउँमा उभिएकाले उनीहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।
जनताले सुशासनको अनुभुति हुने गरि सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो।
उनले भने, ‘अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स हुनपनि सक्छ।’
आफ्नो पार्टी सरकारमा छ, त्यसैले उनीहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर बस्न नहुने उनको तर्क थियो। यदि मन्त्रीहरुले गलत काम गरे भने तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रहसमेत गरे।
‘जनभावना बिरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ,’ उनको भनाइ छ।
वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौँमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस नेता कोइराला वीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिड्न नसकेको बताए।
‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो। पूर्वको साथीको पीडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई वीपीका अनुयायी भन्छौँ तर स्वार्थमा परेर आफू-आफूमै लड्छौँ। वीपीले त यस्तो कहिल्यै सिकाउनुभएन। हिजोको त्यो आत्मियता कहाँ गयो?’ कोइरालाले प्रश्न गरे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया