बिएल संवाददाता
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई अनिवार्य संसदमा उपस्थित हुन भनिने बताइएको छ।
त्यस्तै बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ।
आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।
संसदका दुई ठुला दल मिलेर बनेको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया